
काठमाडौं । ‘कर्तव्य बनाऔँँ वाग्मती सफाई : स्वच्छ नदी हाम्रो सन्ततीलाई’ भन्ने नाराका साथ वाग्मती नदी महोत्सव आयोजना गरिएको छ । २३ वर्ष अगाडिदेखि सुरु वाग्मती नदी महोत्सव यसवर्ष ‘महा जलजात्रा’को २३ औं संस्करण मनाइएको हो ।
वाग्मती र यसका सहायक नदीहरूको पानी दूषित बन्दै गएको अवस्थामा यसको सुधारका लागि वाग्मती नदी महोत्सव गर्नु परेको आयोजकले जनाएको छ । महोत्सवमा सहभागीहरू वाग्मती नदीमा र्याफ्टिङ गर्दै कुपोन्डोलबाट सुन्दरीघाट पुगेका थिए । कुपोन्डोलबाट सुरु भएको महोत्सव सुन्दरीघाट पुगेर समापन भएको थियो ।
वाग्मती सफाई महाअभियानलाई सघाउ पुर्याउन नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) तथा फेण्ड्स क्लव कुपाेन्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा महोत्सव गरिएको हो ।