site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीका तीन सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उमेदवारी दिने
फाइल तस्बि‍र ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उमेदवारी दिने भएको छ । 

समिति सभापतिमा उमेदवारी दिन उमेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उमेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने जानकारी दिए । 

बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्