site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिएका छन् ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए । 

लगत्तै परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् ।  

गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा रहँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro