site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजतन्त्रकै मुद्दा बोकेर तेस्रो ‘जन आन्दोलन’ गर्ने कमल थापाको घोषणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र) विरुद्ध अभिव्यक्ति दिँदै राजतन्त्र छाडेका कमल थापा पुरानै लय फर्किएका छन् । 

उनी अब सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्न खोज्दैछन् ।

दुई वर्षअघि राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजयमा निर्मल निवासकै ‘हस्तक्षेप’ भएको जिकिरसहित पूर्व राजा ज्ञानेन्द्रलाई बधाइ दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“मैले राहत र उन्मुक्ति पाएको छु,’’ सामाजिक सन्जालमा उतिखेर लेखेकै थिए, ‘‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु, थ्यांन्क्यू जीबीबी शाह । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो ।’’

राप्रपा अध्यक्षको पराजयमा निर्मल निवासले षडयन्त्र गरेको उनको आरोप थियो । 

Global Ime bank

पूर्व राजा ज्ञानेन्द्रविरुद्ध चर्काे आक्रोश पोख्दै बाहिरिएपछि राप्रपा–नेपाललाई पुनर्जीवन दिँदै रमाउँदै थिए । अठार महिनापछि फेरि राजतन्त्रसहितको हिन्दू राज्यको मुद्दामा फर्किएका छन् ।  उनी सनातन हिन्दु राष्ट्र र संघीयता खारेज गरी एकात्मक राज्य व्यवस्थाको पक्षको वकालत थिए । 

अझ गत चुनावमा एमालेका सूर्य चिन्हमा चुनाव लड्दा पनि पराजित भए । उनी राप्रपाकै उम्मेदवार दीपक सिंहसँग पराजयको सामना गर्नुपरेको थियो । चुनावी पराजय र संगठनप्रतिको आकर्षण दुवैबाट निराश थापाले १८ महिनामै पुनः राजतन्त्रसहितको सनातन हिन्दू राष्ट्रको नीतिमा फर्किएका हुन् । 

“..देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै तथा पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको भावना सम्मान गर्दै राजसंस्था पुनःस्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरावलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको छ,” कमल थापाको कार्यपत्रमा भनिएको छ । 

थापाले कार्यपत्रमा पार्टी स्थापनासँगै सार्वजनिक घोषणा पत्रले राजतन्त्र छोडेको स्वीकार गर्दै ०७९ असार २० को केन्द्रीय कार्यसमितिको बैठकले उक्त अवधारणालाई थप व्याख्या गर्दै हाललाई राजसंस्था पुनःस्थापना राप्रपा नेपालको कार्यनीतिक एजेण्डा नहुने निर्णय गरेको उल्लेख गरेका छन् । 

“शतप्रतशित राजावादी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक मामिलामा पटक–पटक राजाको नाममा दरबार÷निर्मल निवासबाट हस्तक्षेप हुन थालेपछि राजा दलीय राजनीतिभन्दामाथि रहने तथा राजा सबैको साझा भन्ने मान्यतामा गम्भीर आघात पुगेको सन्दर्भमा राप्रपा नेपालले उक्त नीति लिएको हो,” थापाले स्पष्टीकरणमा भनेका छन् ।

उतिखेर अझ हिमानी शाहका नाममा चलाइएको ‘फेक ट्वीटर एकाउण्ट’लाई लिएर उनले ट्विटरमै प्रतिवाद गर्नुका साथै सार्वजनिक भाषणमा समेत राजतन्त्रविरुद्ध बोलेका थिए ।  तर, १८ महिनामै थापा आफ्नो त्यसबेलाको दृष्टिकोणलाई गलत ठहर्‍याउँदै राजतन्त्रको पक्षमा आइपुगेका हुन् । थापाले कार्यपत्रमा राप्रपाको नीति राजासहितको प्रजातन्त्र भनेका छन् ।

“जनसम्प्रभुता, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सुशासन राप्रपा नेपालको मुख्यएजेण्डा हुनेछ,” थापाले कार्यपत्रमा लेखेका छन् ।

राजसंस्थाले पटक पटक आफ्नो संवैधानिक सीमा नाघेको, जनताले दिएको हैसियतमा बस्न नचाहेको कारणसहित राजसंस्थाको अस्तित्व सम्भव नरहेको निस्कर्ष निकालेका थापा डेढ वर्षमा राजतन्त्रलाई मुद्दा बनाएर पुरानै हैसियत फर्काउन अभियानमा लागेका छन् । 

तर, राजा निकटका पात्रहरु भने त्यसमा ‘षडयन्त्र’ देख्छन् । 

उनीहरुको तर्क छ, “राजेन्द्र लिङ्देनसँग मिलेर राप्रपासँग एकता गर्ने र अर्को महाधिवेशनमा अध्यक्ष बनेर फेरि भाँडभैलो गर्ने उनको योजना हुन सक्छ ।”

पूर्वराजा ज्ञानेन्द्र निकटका ती व्यक्ति’को ठम्याइमा, राजाको नाम जोडेर कमल थापाले हैसियत सुधार गर्ने परिकपना गरेको हुन सक्छ ।  “जुन संस्थाबाट खानुभयो, जुन संस्थासँगै उहाँ हुर्कनुभयो, त्यो उचाइसम्म पुग्नुभयो र अन्त्यमा त्यही संस्थाको पूरा विरोधमा उभिनुभयो । यू टर्न हुनुको के मतलव छ र ?,” उनले भने ।

राजा चाहिन्छ भन्नेको आन्दोलन तुहाउने खेलमा थापा कसैको गोटी बनेको हुन सक्ने आशंका तिनको छ ।  केशरबहादुर विष्ट र राप्रपाले आन्दोलन गर्न खोज्दैछन् । 

त्यसलाई कमजोर बनाउन माओवादी अध्यक्ष प्रचण्ड, एमालेका केपी ओलीलगायतले उनलाई गोटी बनाएर तिनीहरुलाई कमजोर बनाउने एउटा खेल हुन सक्ने शंका तिनको छ ।

ती व्यक्ति भन्छन्, “कमल थापाजीले आफूलाई बलियो पार्टीको नेताका रुपमा कसरी प्रस्तुत गर्नुभयो ? ०६३ पछि बनेको हैसियतलाई उहाँले व्यक्तिगत हैसियत मान्नुभयो । हामीलाई त गाली गर्नुभयो नै राजालाई समेत गाली गर्दै हिँड्नु भयो ।” 

kamalthapa41685331227.jpg

थापा राजतन्त्रको नाम लिएर बाँकी व्यक्तिगत जीवनका स्वार्थ पूरा गर्न मात्र केन्द्रित रहेको उनको बुझाई छ । “कमल थापाले राजतन्त्र बोक्नु र जनआन्दोलन गर्छु भन्नु सय मुसा विरालो धार्मिक यात्रा गर्न जानु जस्तै हो’’, ती व्यक्ति भन्छन्, ‘‘केशरबहादुर विष्ट र राप्रपाले आन्दोलन गर्न खोज्दैछन् । त्यसलाई कमजोर बनाउन माओवादी अध्यक्ष प्रचण्ड, एमालेका केपी ओलीलगायतले उनलाई गोटी बनाएर तिनीहरुलाई कमजोर बनाउने एउटा खेल हुन सक्ने शंका तिनको छ ।”

पञ्चायतकालमा विद्यार्थी मण्डल गठन गरी बहुदलवादीविरुद्ध थापा सक्रिय भएका थिए । पञ्चायत इतर विद्यार्थी संगठनका गतिविधिविरुद्ध आक्रमण गर्ने र विद्यार्थी आन्दोलनका सूचना दरबार र पञयतका माथिल्ला तहमा पुर्‍याउने भूमिका थापाको थियो । त्यही प्रवृत्तिलाई पछिसम्म पनि ‘मण्डले’ भन्ने गरिन्थ्यो । २०३८ सालको संविधान सुझाव मस्यौदा आयोगमा सदस्यका सामेल हुने अवसर पाएका थिए । पञ्चायतको उत्तराद्र्धमा मन्त्रिपरिषद् मन्त्री समेत थिए ।

२०५२–२०५४ संसदकालमा बारम्बार गुट परिवर्तन राजनीतिक अस्थिरताका एक कारक व्यक्तित्व हुन् थापा । 

उनी मन्त्रीको झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्ने र विपक्षीको अविश्वासको प्रस्तावमा मतदान गर्ने पात्र बनेका थिए । उनकै क्रियाकलाप चित्रित गर्न राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्ति’को संज्ञा दिएका थिए ।

राजाको प्रत्यक्ष शासन हुँदा मन्त्री भएका थापा लोकतन्त्र बहालीपछिको ‘मिलीजुली सरकार’मा उपप्रपधानमन्त्रीसम्म भए ।

हाल राप्रपा छाडेका एक नेता भन्छन्, “राप्रपामा हुँदा उनमा जसरी पनि राजाको निकट हुने र बाँकी नेताविरुद्ध गतिविधि गर्ने प्रवृत्ति नै थियो । त्यो काममा उनी सबैभन्दा अब्बल देखिएका थिए । उनी राजाबाट सबै लाभ उठाउन सफल भए ।”

राजतन्त्रको अन्त्य भएपछि कमल थापा राजतन्त्रकै उभिनेमध्येका थिए । राप्रपाका ती नेता भन्छन्, “राजतन्त्र ढलेपछि पनि पूर्व राजाले उनलाई मात्र विश्वास गरे । तर, ज्ञानेन्द्रलाई पनि उनैले विश्वासघात नै गरिदिए । उनले विश्वासघात गरेको ठहरपछि ज्ञानेन्द्र र उनी निकटले राजेन्द्र लिङ्देन अघि बढाएका हुन् ।”

यस्तो छ थापाको आत्माआलोचना
अध्यक्ष थापाले ०७३ पछि भने बाटो बिराएको भन्दै आत्माआलोचना गरेका छन् । “०७२ असोजमा सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णय सही वा गलत थियो, त्यसको मूल्यांकन भावी पिँढीले नै गर्नेछ,” थापाले कार्यपत्रमा भनेका छन्, “०७३ पछि भने हामीले बाटो बिरायौ । आसन्न निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षा राख्दा हामीले गलत प्रवृत्तिसँग सम्झौता गर्‍यौँ ।” 

उनले सिद्धान्त भन्दा सत्तालाई महत्व दिने चरित्रसँग एकता गर्न पुगेको भनेर त्यहीबाट आफ्नो पतन सुरु भएको उल्लेख गरेका छन् । “सिद्धान्तनिष्ठ राजनीतिक दलको पहिचान बनाएको राप्रपा नेपालमा सिद्धान्त र विचार गौण भयो । हामी सिद्धान्त होइन सत्ताकेन्द्रित हुन पुग्यौँ,” थापाले भनेका छन्, “जुनसुकै दल वा गठबन्धनको सरकारमा पनि मौका पाउने बित्तिकै गैहाल्ने पहिचान बनायौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement