site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असार १६ भित्र उपनिर्वाचनको मिति तोकिने, प्रधानमन्त्रीसँग आयोगको परामर्श

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा हुने उपनिर्वाचनबारे शुक्रबार परामर्श गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिसभाका सदस्यको रूपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले ०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए ।

भेटमा आयुक्तहरू जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्