site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घटेको सेयर बजारमा कुथेली बुखरीका लगानीकर्ताले सर्वाधिक कमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेको छ । बुधबार २९ अंकले उकालो लागेको बजार एक दिन पनि टिक्न सकेन । आज नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भएको हो । आज नेप्से परिसूचक २०१३.९३ विन्दुमा बन्द भएको छ ।

बिहीबार एक अर्ब ५५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबारको तुलनामा कारोबार रकममा केही वृद्धि भएको हो । बुधबार एक अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । बुधबार सबै समूहको परिसूचक वृद्धि भएको थियो । आज सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यस समूहको परिसूचक २.९२ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूहको परिसूचक २.५० प्रतिशतले घटेको छ ।

सर्वाधिक रुपैयाँको सेयर कारोबार हुनेमा सोल्टी होटेल लिमिटेड रहेको छ । यस कम्पनीको सात करोड ८७ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

Global Ime bank

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँ ७० पैसा वृद्धि भएको छ । आज यस कम्पनीको सेयर मूल्य प्रतिशतको हिसाबले प्रतिकित्ता ९.९९ प्रतिशत बढेको हो । बिहीबार यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०१ रुपैयाँ १० पैसा कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement