site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चले दिएको आदेशको विषय सदनमा प्रवेश, सांसदहरू विपक्षमा
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषय सदनमा प्रवेश पाएको छ । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सर्वोच्च अदालतको आदेश उचित नभएको बताए । उनले न्यायपालिकालाई व्यवस्थापिकाको अधिकारमाथि प्रवेश गर्नु उपयुक्त नभएको बताए ।

KFC Island Ad
NIC Asia

“हिजो भर्खरै सर्र्वाच्चबाट गम्भीर रूपमा आदेश अयो । हाम्रो सविधानले शक्ति पृथकीकरणको गरेको छ । सबैको अलग–अलग दायरा र क्षेत्रको कुरा गरेको छ । संविधानको परिछेद ५ मा संसद्को विधायिकी अधिकारको बारेमा व्याख्या छ ।  संविधानमा न्यायपालिका कार्यपालिकाको व्याख्या गरेको छ,” उनले भने, “हिजोको आदेशले एक अर्काको कार्यक्षेत्रमा प्रवेश गर्ने दखल अन्दाजी गर्ने प्रयासमा गएको छैन । सम्पूर्ण संरचना त्यता उन्मुख भएको आभास दिएको छ ।”

उनले आफू अदालतप्रति आघात विश्वास गर्ने र यसको स्वतन्त्रका लागि लडेको भए पनि अदालतको हिजोको आदेश भने स्वभाविक नभएको बताए ।

Royal Enfield Island Ad

“हिजोको फैसलाले दुखित बनाएको छ । अहिले कानुन बनाउने बजेट पास गर्ने अधिकार सदनको अधिकार हो यसलाई कसैले हनन् गर्न सक्दैन । सदन जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुन् कानुन बनाउने सर्वाधिकार तिनीहरूमा अन्तरनिहीत छ,” उनले भने, “बजेटको एउटा अंश झिकेर खण्डित गर्ने कुरा कार्यपालिका र न्यायापालिकालाई छैन । यो हुन थाले भने लोकतन्त्रको अवस्था के होला ? आम सदनको ध्यानाकर्षण गर्दछु सभामुख महोदय ।”

उनले कुरा पाँच करोडको नभएको भन्दै नियतको भएको जिकिर गरे ।

“यो व्याख्याले संविधानलाई खलल पार्ने काम भएको छ । पाँच करोडको कुरा होइन तर एक अर्काको अधिकार भित्र छिर्न थाल्यौं भने लोकतन्त्त र हामीले अंगालेको व्यवस्थाको अवस्था कस्तो हुन्छ ? सदनको यतातर्फ ध्यान पुग्नुपर्छ,” उनले भने, “केही सांसदहरूले लिदैनौँ सदन विकास भनेको सुनिएको छ । लिने नलिने कुरा होइन सदनको अधिकार क्षेत्रभित्र प्रवेश गर्ने कसैलाई अधिकार छ छैन भन्ने । सम्पूर्ण सदन एक हुनुपर्छ भन्ने अवधारणा मेरो हो । यो विधेयक कानुनको रूपमा आएको हो । यसमा न्यायपालिकाले व्याख्या गर्न पाउँदैन । बजेट बनाउने अधिकार सदनलाई छ सार्वभौम सदनले बनाएको प्रश्न उठाउने पाउने अधिकार संविधानको कुन चाहीँ बुदाले काटेको छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro