site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस रुपान्तरण अभियानले भन्यो– भ्रष्टाचारको अनुसन्धानमा काखापाखा, प्रहरी सरुवाले शंका उब्जायो
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका आठ संयोजकले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा खुट्टा नकमाउन र काखापाखा नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लोकतन्त्र र सुशासनका लागि स्थापित भएको कांग्रेसले भ्रष्टाचारका प्रकरणमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै यिनीहरुले अनुसन्धानमा रहेका प्रहरीको सरुवाले भने आशंका पैदा गरेको बताएका छन् ।

“...अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाई सरकारले तार्किक निष्कर्षमा पु¥याउनु पर्छ । कुनै पनि बहानामा यसमाथि भइरहेको अनुसन्धान प्रभावित हुनु वा रोकिनु हुँदैन,” अभियानले भनेको छ, “भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनैं प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता कदापि मान्य हुने छैन ।”

अभियानले भ्रष्टाचारसम्बन्धी यती, ओम्नी, वाइडबडी, फोर जी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका अन्य फाइल खोली अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

“यस कदममा वर्तमान सरकारलाई नेपाली कांग्रेसले पूर्ण रुपमा साथ सहयोग पुर्याउनु पर्दछ भन्ने कुरा प्रष्ट गर्न चाहन्छौँ,” अभियानको विज्ञप्तिमा भनिएको छ, “चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ । यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।”

कांग्रेसका विधिविपरीतका गतिविधिप्रति आपत्ति

अभियानले आठ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको कांग्रेस सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्ने भन्दै उनले पार्टी सञ्चालनमा पनि विधि र पद्दतिको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनीहरुले कांग्रेसले भर्खरै गठन गरेका भ्रातृ संगठनहरुको हकमा विधानको गम्भीर उल्लंघन भएको भन्दै विद्यार्थी संघ र नेपाल तरुण दलको वैधानिक व्यवस्थाविपरीत भीमकाय तदर्थ समिति गठन गरिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

“यसैबीच नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिले विभिन्न जिल्लामा कार्यरत पुराना तथा निर्वाचित सभापतिहरुलाई अपदस्थ गरेको खबर प्राप्त भएका छन् । जिल्लामा काम गरिरहेका साथीहरुलाई हतोत्साही तुल्याउने, संगठनलाई कमजोर बनाउने यसप्रकारको निर्णय अविलम्ब फिर्ता लिन तथा पार्टीले तोकेको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नेतर्फ केन्द्रित रहन स्पष्ट निर्देशन दिनुपर्दछ भन्ने हाम्रो आग्रह छ,” अभियानले भनेको छ ।

कांग्रेस रुपान्तरण अभियानका तर्फबाट कोसी प्रदेश संयोजक गुरुराज घिमिरे, मधेस संयोजक रञ्जित कर्ण, वाग्मती संयोजक मधु आचार्य, गण्डकी संयोजक, देवराज चालिसे, लुम्बिनी संयोजक डा.गोबिन्दराज पोख्रेल, कर्णली संयोजक भुपेन्द्रजङ्ग शाही, सुदूरपश्चिम संयोजक भरतबहादुर खड्का र डायस्पोरा संयोजक सुवास लोहनीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro