site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैठक बहिस्कार गरेर कोसी प्रदेशसभाबाट बाहिरिए एमाले र राप्रपा सांसद

विराटनगर । कोसी प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिस्कार गरेका छन् ।

विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन् ।

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिस्कार गर्दै बाहिर निस्किएका थिए ।

बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिस्कार गर्ने निर्णय भएको भन्दै सिटौला सभा छाडेर निस्किएका थिए ।

एमाले र राप्रपाका सांसदले बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro