site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब सदन खुल्छ : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले अब सदन खुल्ने बताएका छन् ।

सिंहदरबारमा शीर्ष नेताहरूको बैठकमा दुईबुँदे सहमति भएपछि उनले सदन चल्ने बताए ।

“सदन खु्ल्छ । स्मुथली जान्छ  । राम्रो कुरा भयो नि । हामीले तस्करी अन्त्य गर्ने, तस्करीलाई कारबाही गर्ने सुनिश्चितता हुने र भविष्यमा यस्ता समस्या नआउन भनेर जिम्मेवारी साथ विषय उठाएका थियौं ,” उनले भने ।

उनले तथ्य, प्रमाणले भेटेसम्म जुनसुकै तहका व्यक्ति, जुनसुकै दलका नेतालाई कारबाही गर्न अहिलेको निर्णयले सहयोग गर्ने उनको भनाइ छ ।

आजै प्रतिनिधिसभा बैठक बस्दै छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro