देश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा १८ अर्ब ३५ करोड मागदाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको प्रतिवेदनमा १० जनालाई मुख्य अभियुक्त बनाइएको छ ।
प्रतिवेदनमा २३८ जनालाई कसुरदार ठहर गरिएको छ । प्रतिवेदनमा ४८ जनाले जग्गा फिर्ता गरेको उल्लेख छ ।
सीआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । अब जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवदेन अध्ययन गरेर मुद्दालाई अगाडि बढाउने छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० २१:२३
प्रतिक्रिया दिनुहोस्