site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए ।

Dabur Nepal
NIC Asia

उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए । सरकारले तस्करहरूको संरक्षण गरिरहेको बताए ।

“एमाले संसद् सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेको छ,” उनले भने, “उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट एमाले पछि हट्दैन । तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको विरोध कायम राखिरहन्छौँ । यसमा सरकार पूरा गर्ने प्रतिवद्धताका साथ ओर्लिएको छ ।”

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro