site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०४६ साल अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरौँ : सांसद पन्थ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै उनले ०४६ सालभन्दा अगाडिका पनि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पत्ति छानबिन गर्नु आवश्यक रहेको उनको भनाइ छ । ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानबिन हुनुपर्ने उनले माग छ ।

उनले भने, "राजनीतिमा खराब मान्छे मात्रै छन् भन्ने र खराब मात्रै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । संविधान र व्यवस्था माथि प्रहार भइरहेको छ । यहाँ सबै खराब छन् भन्ने भाष्य निर्माण भइरहेको छ । राजनीतिलाई सफा, आकर्षक र जिम्मेवार बनाउनु पनि अबको आवश्यकता हो । खराबको भीडमा असल मान्छे पनि त चिन्न सकिएन । त्यसैले पनि काण्डहरूको अनुसन्धान र छानबिन हुन आवश्यक छ । २०४६ सालभन्दा पहिलेदेखि अहिलेसम्म सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबै खराब हुन् कि असल हुन् छानबिन गर्नुपर्‍यो । अनुसन्धान गर्नुपर्‍यो ।"

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro