site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्षले सुनियोजित रूपले संसद् अवरोध गर्‍यो : सांसद मगर
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले प्रमुख प्रतिपक्ष दलले सुनियोजित रूपमा संसद् बैठकमा अवरोध गरेको बताएका छन् । संसद्लाई जनताको समस्यामा केन्द्रित हुन नदिन बैठकमा अवरोध गरिएको उनको आरोप छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा उनले प्रतिपक्षले नियतवश र नियोजित रूपमा संसद्मा अवरोध गरिरहेको जिकिर गरे । प्रमुख प्रतिपक्ष दलले स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको उनको भनाइ छ ।

प्रतिपक्षको अवरोधका कारण संसद् आफ्नो अधिकार र कर्तव्यबाट विमुख हुनुपरेको उनले उल्लेख गरे ।

“चाहे सत्तापक्षमा होस्, चाहे प्रतिपक्षमा होस्, एउटा अक्षरको सहारा लिएर उहाँले यो सदनलाई अवरोध पुर्‍याइरहनुभएको छ । एउटा अक्षर ‘ख’, ‘ख’ अक्षरको सहाराले । सत्तापक्ष हुँदाखेरि प्रतिनिधिसभामाथि खड्ग प्रहार गर्ने, प्रतिपक्ष हुँदा पनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो,” उनले भने, “सत्तापक्ष हुँदा पनि सदनमाथि प्रहार, सत्तापक्ष नहुँदा उभिएर साना–साना कुरामा बखेडा झिकेर सदन चल्न नदिने गतिविधि भएका छन् । त्यसले गर्दा संसद् आफ्नो कर्तव्य, दायित्वबाट विमुख हुनुपरेको छ । सदनलाई एउटा नियतवश, सुनियोजित तरिकाले अगाडि बढ्न नदिने, जनताको समस्यामा केन्द्रित हुन नदिने, महत्त्वपूर्ण ऐन, कानुनहरू निर्माण गर्न नदिने भन्ने खालको हो भन्ने हामीलाई लाग्दछ । त्यसकारणले यो कुराको अन्त्य हुनुपर्दछ भन्ने म मेरो धारणा राख्न चाहन्छु । आज अन्त्य हुन्छ भनेको थिए, भएनछ । आज पनि त्यही कथा दोहोरिएजस्तो हामीले बुझेका छौँ ।”

संसद् बैठक सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro