site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा विश्वासको मत लिन सभाध्यक्षको समेत मत जोडियो, प्रतिपक्षको नाराबाजी

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीसमेतको मत जोडेर विश्वासको मत पाएका छन् । 

सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक सञ्चालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् । पक्षमा ४७ मत परेको छ । विपक्षमा ३० मत खसेको छ । बैठकमा कायम रहेका ९३ सदस्यमध्ये ७७ उपस्थित थिए । 

मत सच्याउने अवधिको घण्टी बजिसकेपछि इसराइलले सभाध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न समय दिएका थिए । त्यसलगत्तै एमालेका सांसद उठेर यो प्रक्रिया गलत भएको भन्दै विरोध जनाएका थिए । उनीहरूले नाराबाजी नै गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा शुक्रबार सूचना दर्ता गराएका थिए । थापाले सूचना दर्ता गराई आइतबारका लागि बैठक बोलाउन अनुरोध गरेका भए पनि उपसभामुख सिर्जना दनुवारले सोमबार तोकेकी थिइन । तर, बैठकको दिन कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागी नभई दनुवार बिहानै विराटनगरबाट काठमाडौं लागेकी थिइन । यती एयरको विमानबाट उनी बिहान सवा ८ बजे काठमाडौं उडेकी थिइन ।

यसअघि सभाध्यक्ष मण्डलमै रहेका एमालेकी मालती लिम्बू र राप्रपाका सांसद अमरबहादुर विष्ट बिदामा बसेका थिए । त्यसपछि वर्णानुक्रमका आधारमा मन्सुरीले सभा सञ्चालन गर्नुपरेको हो ।

बैठकमा राप्रपाका सबै ६ सांसद अनुपस्थित थिए । गठबन्धनका कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसापका १ सांसद छन् । एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro