site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी भागेका थिए भक्तपुरको सुधार गृहबाट १०० भन्दा बढी बालबालिका
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाल सुधार गृहको ढोका फोडेर भागेका केही बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दिउँसो एक सयभन्दा बढी थुनुवा बालक भागेका थिए ।

भागेकामध्ये करिब ८० जनालाई प्रहरी वृत्त बानेश्वरको टोलीले तीनकुनेबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई अहिले बानेश्वरमै राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भक्तपुर प्रहरीका डीएसपी वसन्त पाठकका अनुसार रामेछाप मन्थली नगरपालिका–३ का कमल बस्नेतको आइतबार बालसुधार गृहभित्र मृत भेटिएका थिए । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै थुनामा रहेका बाल बन्दीहरू आन्दोलित थिए ।

आइतबारदेखि नै आन्दोलित बालबन्दीहरूले सोमबारसमेत आन्दोलन चर्काएका थिए । सोही क्रममा उनीहरूले बालसुधार गृहको ढोका फोडेर भागेका हुन् ।

Global Ime bank

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीका अनुसार भागेका बालबन्दीको खोजीका लागि ठूलो मात्रामा प्रहरी भक्तपुर कोटेश्वर क्षेत्रमा परिचालन गरिएको छ । 

तीन सय भन्दा बढी बालबन्दी रहेको सुधारगृहबाट कति भागे भन्ने यकिन भने अझै भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय