site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनले संविधान र कानुनको हुर्मत लियो : भण्डारी 

विराटनगर । कोसी प्रदेशसभामा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानुनको हुर्मत नलिन सत्ता गठबन्धनलाई आग्रह गरेका छन् । अब पनि यस्तो गरिए प्रादेशिक संरचनामाथिको विरोध र आलोचनालाई उत्कर्षमा पुर्‍याउने कामको जिम्मेवारी गठबन्धनले लिनुपर्नेमा उनले जोड दिए ।

सोमबार प्रदेशसभा बैठकमा उनले उपसभामुख सिर्जना दनुवारले सबै विषय प्रक्रियाअनुसार तय गरेको जिकिर गरे । उनले भने, “के बिरामी भएर अस्पतालमा चुपचाप गएर बस्नु भएन ? कानुनबमोजिम नै कार्यजिम्मेवारी तोकेर सभाध्यक्षमण्डल सदस्यलाई जिम्मेवारी दिएर जानुभएको हो ।”

यसरी बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई सभामुखले प्रयोग गर्न सक्ने अधिकार दिइएको र त्यो असंवैधानिक नभएको भण्डारीको भनाइ छ ।

उपसभामुखको स्वास्थ्य अवस्थामाथि अवाञ्छित आरोप लगाउनु अनुचित भएको उनले बताए । उपसभामुख दनुवार गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएको उनले जानकारी गराए ।

“मानिसको निजी जीवनका कठिनाइ र जटिलताहरू सधैँ सहज हुन्छन् ? हुँदैनन् भने ठिकै छ,” उनले भने ।

उपसभामुखले कानुनसम्मत ढंगले मार्गप्रशस्त गरेर गएको उनले उल्लेख गरे । उनले ‘नाटक मञ्चन आज वा हिजो कहिले भयो ?’ भन्दै प्रश्न गरे ।

सभामुखको पदमा रहँदारहँदै खिल्ली उडाइएको विषय इतिहामा दर्ज भएको भन्दै भण्डारीले आफूले नभइ अदालतले उक्त कार्य असंवैधानिक र बदरयोग्य भनेर व्याख्या गरेको स्मरण गरे ।

“असार २१ गतेभन्दा अगाडिकै अवस्थामा अदालतले ल्याइदिएको हो । अनि, साउन ११ गतेअगाडिको सरकार खोइ ? कामचलाउ सरकार भनेर हिक्मत कार्कीकै सरकारलाई रूपान्तरण गरिदिएको थियो, तर कार्की कार्यालयमा जान्छन् भनेर कसले रोक्यो ?,” उनले प्रश्न गरे, “सरकारविहीनताको अवस्था कुन संसारमा हुन्छ ? सरकारविहीनता एक मिनेट पनि हुँदैन । गठबन्धनसँग सरकार छ, मुख्यसचिव छन्, सुरक्षा हातमा छ भन्दैमा मुलुकको संविधान, मूल्य र मान्यता कुल्चने कुरालाई स्मरण नगरी अर्तीउपदेश अनि नैतिकताको कुरा गर्न सुहाउँछ ?”

भण्डारीले ‘मुख्यमन्त्रीको पद कसले हस्तान्तरण गरेको ?’ भन्ने प्रश्न समेत गरे । उनले निवर्तमान मुख्यमन्त्रीको कुर्सी समेत नराखी शपथग्रहण गरिएको बताए ।

उनले भने, “त्यो चानचुने घटना हो ? कोसी प्रदेशको इतिहासमा गैरसंवैधानिक हस्ताक्षर र त्यसपछिका सबै निर्णय खारेज गरेको हो । व्याख्या गर्‍यो ।”

संविधान उल्लंघन गर्ने कामको सुरुआत आफूहरूले नगरेको उनले बताए । स्थिर सरकार निर्माणका लागि एमालेका तत्कालीन मुख्यमन्त्री कार्कीले सार्वजनिक प्रस्ताव गरेको भण्डारीले सुनाए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro