site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले साढे ४ बजेका लागि बोलाएको बैठक ७ बजेलाई सारियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज साढे ४ बजेका लागि बोलाएको दलहरूको बैठक आज साँझ ७ बजेका लागि सारिएको छ ।

कर्णाली प्रदेशको स्थापना दिवस समारोहका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मौसमी प्रतिकूलताका कारण फर्कन ढिला हुने भएपछि बैठक सारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण संसद् अवरोध जारी रहेकाले सदनको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा बैठक डाकेका थिए । आइतबार पनि प्रधानमन्त्रीले दलहरूको बैठक डाकेपनि प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका थिए ।

ओलीको अनुपस्थितमा सहमतिको प्रयास सम्भव नहुने भएपछि संसद्को आइतबारका लागि डाकिएको बैठक रोक्ने सन्देश पठाएर प्रधानमन्त्रीले बैठक सोमबारका लागि सारेका थिए । प्रधानमन्त्रीसहितको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबारका लागि राखेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement