site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वस्तिमा भन्छिन्– कमर्सियल सिनेमाका दर्शक अब्स्ट्रयाक मुभीमा ल्याउनु मेरो उद्देश्य  

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले कुनै सिनेमामा व्यक्तिविशेषको रोल राम्रो हुँदैमा उक्त चलचित्र अब्बल नहुने बताएकी छन् । समग्र सिनेमा राम्रो हुन सबै कलाकारको उत्तिकै भूमिका हुने उनको भनाइ छ ।

लामो रोल हुने कलाकार राम्रो हुन्छ भन्ने नरहेको उनी बताउँछिन् । “मानौँ, कुनै सिनेमामा मेरो रोल राम्रो छ र लामो पनि छ, तर सिनेमा राम्रो भएन भने मेरो रोल लामो भएको के अर्थ भयो ?,” स्वस्तिमा भन्छिन्, “तर, मेरो रोल छोटो भए पनि चलचित्र राम्रो भयो भने मेरा लागि त्यो राम्रो हो ।” एकजनाले राम्रो गर्दैमा सिनेमा राम्रो नहुने उनको बुझाइ छ ।

चलचित्र ‘ऐंचो पैंचो’मा नायिका वर्षा राउतको रोल छोट्टिएको हो ? भन्ने प्रश्न गरिएपछि उनले त्यसबारेमा प्रस्ट पारेकी हुन् । कसको रोल कति लामो वा छोटो र कति सिन भन्नेमा अहिले कलाकारले खासै ध्यान नदिने उनले बताइन् । स्क्रिन टाइमभन्दा पनि भूमिका कस्तो छ भन्ने कुरा महत्त्वको भएको स्वस्तिमा बताउँछिन् ।

अर्को एक सन्दर्भमा उनले आफू सबै प्रकारको काम गर्ने कलाकारका रूपमा चिनिन चाहेको बताइन् । धेरैले उनलाई ‘बुलबुल’की नायिका भनेर चिन्ने गरेको भन्दै आफूले ‘छक्का पञ्जा’ र ‘नाइँ नभन्नू ल’जस्ता चलचित्रमा पनि काम गरेको स्मरण गरिन् ।

“छक्का पञ्जा, नाइँ नभन्नू ल र कुटुमा कुटु गीत हिट भइरहेका बेला तिमीलाई भर्खर मास अडियन्सले चिन्न थालेको छ, बुलबुल किन गर्न लागेको भनेर भन्नेहरू धेरै थिए । तर, मैले कलाकार भएपछि सबै प्रकारका सिनेमा गर्नुपर्छ भनेर काम गरेको हुँ,” उनी अगाडि थप्छिन्, “आज त्यही बुलबुलबाट धेरैले चिन्नुहुन्छ । बुलबुल सफल भएपछि अब तिमीलाई सिरियस एक्ट्रेसको रूपमा लिन्छन्, अब छक्का पञ्जा र नाइँ नभन्नू लजस्ता सिनेमा गर्नु हुन्न भन्ने धेरै हुनुहुन्थ्यो । कलाकारले सबै प्रकारका काम गर्नुपर्छ । म बुलबुल र कुटुमा कुटुबाट मात्रै चिनिन चाहन्नँ ।”

स्वस्तिमा आफू ‘छक्का पञ्जा’ र ‘नाइँ नभन्नू ल’ तथा ‘बुलबुल’ र चिसो मान्छे’जस्ता सिनेमा केका लागि गरिरहेको छु भन्नेमा स्पष्ट रहेको बताउँछिन् ।

नेपालमा कुनै जानराविशेषको सिनेमा हेर्ने दर्शकको संख्या कम रहेको उनी सुनाउँछिन् । अब्स्ट्रयाक मुभी हेर्नेको संख्या झन् सानो रहेको उनको भनाइ छ ।

“कुटुमा कुटु, काले केटाले, साली मन पर्‍योमा म किन काम गरिरहेको छु भने, थोरै भए पनि कमर्सियल सिनेमाका दर्शक विषयप्रधान सिनेमामा ल्याउन सक्छु कि भन्ने हो,” उनी भन्छिन्, “कमर्सियल सिनेमा ठूलो मासमा जान्छ । यहाँ गीत र कमेडी मन पराउने दर्शक हुनुहुन्छ, त्यहाँबाट पाँच÷दशजना दर्शक मात्रै ल्याउन सकेँ भने पनि मेरो सफलता हो ।”

स्वस्तिमा खड्का, वर्षा राउत, कोसिस क्षेत्री, मुकुन भुसाललगायत कलाकार मुख्य भूमिकामा रहेको सिनेमा ‘ऐंचो पैंचो’ यही भदौ १४ गते रिलिज गरिँदै छ । सिनेमालाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro