site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
६० किलो र भेपमार्फत् ल्याइएको ९ किलो सुन तस्करीको ‘कनेक्सन’ जोडियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रक्राउ परेका चिनियाँ नागरिक र ९ किलो सुन तस्करीका फरार चिनियाँबीच सम्पर्क देखिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक याओ पुचेङसँग इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् ९ किलो सुन तस्करी गर्ने चिनियाँबीच ‘कनेक्सन’ देखिएको जनाएको हो ।

भेपमार्फत् ल्याइएको ९ किलो सुन तस्करी घटनामा चिनियाँ नागरिक लुई हानसोङ, दाओसोङ वाङल र असिम नामका तीनजना चिनियाँ फरार छन् । उनीहरुले नेपाल छोडेको आशंका छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुमध्ये एक जनासँग याओ पुचेङको सम्पर्क देखिएको हो । सीआईबी स्रोतले भन्यो, “६० किलो सुन तस्करी र ९ किलो सुन तस्करबीच कनेक्सन देखिएको छ । हामी थप अनुसन्धानमा छौं ।”

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यले भने अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने बताइन् ।  सीआईबीले ६० किलो सुन तस्करको दुईवटा लेयरको अनुसन्धान सकिएकोसमेत दाबी गरेको छ । 

Global Ime bank

६० किलो सुन तस्करीका मूख्य नाइके याओ पुचेङ पक्राउलगत्तै सुन तस्करी गर्ने भरिया र सुनका लगनीकर्ताको दोस्रो तहका व्यक्ति पक्राउ परिसकेको सीआईबीको दाबी छ । 

६० किलो सुन तस्करीमा अब सहयोगी भूमिका खेल्ने र तेस्रो तहको खोजीमा प्रहरी लागेको छ ।  तेस्रो तहमा केही नेपाली जोडिने प्रहरीको भनाइ छ ।  चिनियाँ तस्करको समूहले पछिल्लो तीन महिनामा करिब चारसय किलो सुन तस्करी गरेको दाबीसमेत सीआईबीको छ । 

चिनियाँ तस्कर समूहले भारतको विमानस्थलबाट सुन बरामद हुन थालेपछि नेपालको विमानस्थल प्रयोग गर्न थालेको सीआईबीको दाबी छ ।  हाल सीआईबीको हिरासतमा २३ जना आरोपी छन् । 

जसमध्ये १७ जना राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेका आरोपी हुन् भने ६ जना सीआईबीले पक्राउ गरेको हो ।  ३२ साउनमा पक्राउ परेका याओ पुचेङ हङकङ हुँदै भारतको दिल्ली विमानस्थल प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहका नाइके भएकोसमेत खुलेको छ । 

सीआईबीको सोधपुछका क्रममा उनी २०१९ मा ६ किलो सुनसहित दिल्ली इन्दिरा गान्धी विमानस्थलको गेट नम्बर ३ बाट सुनसहित पक्राउ परेको खुलेको हो । प्रहरीले उनको साथबाट एलेक्स नामबाट भारतीय आधारकार्डसमेत लिएको खुलेको छ । 

राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिँदै गरेको ब्रेक सु भित्र लुकाएको सुन बरामद गरेको थियो ।  रेडी ट्रेड कम्पनीमार्फत् आयात गरिएको पाट्र्समार्फत् सुन तस्करी गर्ने गरेको खुलेको थियो । १५५ किलो ब्रेक सु सहित बरामद भएको पाट्र्सबाट ६० किलो सुन निकालेको थियो । 

भेप भने १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट ल्याइएको थियो । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएको खुलेको थियो ।  उक्त भेपभित्रको सुन त्रिभुवन विमानस्थल जाँचका क्रममा रोकिएको थियो । 

सुन भएको भेप भन्सारकै कर्मचारीको मिलोमतोमा चोरी गरेर बिक्री गरेका थिए । सो प्रकणरमा ८ जना भन्सारका कर्मचारी पक्राउसमेत परेका छन् । सीआईबीको अनुसन्धानले भेप नेपाल भित्र्याउने चिनियाँ गिरोहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल र निर्मलको पटक–पटक संवाद भएको तथ्य खुलाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement