site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र निर्माण/निर्देशन गर्दै प्रकाश, हिरो को ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ सिनेमा निर्माण गर्ने भएका छन् । 

“यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ सिनेमा निर्माण गर्दै छु,” प्रकाश बाह्रखरीसँग भन्छन् ।  प्रकाशले निर्माण गर्ने सिनेमाको निर्देशन पनि उनी स्वयंले गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्क्रिप्ट तयार भइसकेको सिनेमाको मुख्य भूमिकामा पनि प्रकाश आफैँ हुनेछन् । आफ्नो सिनेमा सामाजिक कथावस्तुमा आधारित हुने उनले स्पष्ट पारे । विसं. २०८१ आफूले आफ्नै सिनेमालाई समय दिने उनको भनाइ छ । 

यो वर्ष प्रकाशले अभिनय गरेको सिनेमा ‘परदेशी–२’ रिलिज हुँदै छ । नारायण रायमाझीकाे निर्देशन रहेको सिनेमामा प्रकाश शीर्ष भूमिकामा छन् ।

Global Ime bank

“सिनेमा र गीतसंगीत मैले रोजेको कर्म हो । मलाई सिनेमामा काम गर्न मन लागेको थियो । परदेशी–२ मा काम गरेँ । यो सिनेमा यही वर्षको दसैँमा रिलिज हुँदै छ,” उनले भने, “यसका लागि अब हामी पब्लिसिटीमा जुट्दै छौँ । अर्को वर्ष म आफ्नै सिनेमाको काम गर्नेछु ।” 

किन सधैँ विवाद ?  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement