site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पोर्चुगलमा दुई नेपाली युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवकको मृत्यु भएको छ । एक युवकले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् भने अर्का नेपाली युवकको राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

Dabur nepal
Agni Group

थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए ।

उनी वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल आएका थिए । पछिल्लो समय उनी खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा कार्यरत थिए । परिवारसहित पोर्चुगलमा बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको खड्काले जानकारी दिए ।

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङको बडिगाड गाउँपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ । उनी बेजास्थित जम्बुजिरामा बस्दै आएका थिए । बुधबार राति सुतेकै अवस्थामा दर्लामीमगरको मृत्यु भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

दर्लामीमगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको खड्काले बताए । दर्लामीमगरका बुवाआमा र श्रीमती नेपालमा छन् ।

मृत्यु भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu