विदेश
काठमाडौं । रुसको राजधानी मस्कोमा अवैधानिक रूपमा उडाइएको ड्रोन त्यहाँको वायुरक्षा बलले खसालेको छ ।
शुक्रबार राजधानीमा अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी वायुरक्षा बलले खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए । फोहोर एक्स्पो सेन्टर क्षेत्रमा ड्रोन खसेकाले कम क्षति भएको उनको भनाइ छ ।
रुसको तास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धस्थित एक्स्पो सेन्टरको एउटा भागमा ड्रोन झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिब ३० वर्गमिटर क्षेत्रफल भत्किएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १८:५८
प्रतिक्रिया दिनुहोस्