site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्तीमा बाढीको सम्भावना, सौराहसहित तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको अनुरोध
फाइल तस्बिर।

काठमाडौं । मकवानपुर र चितवनको पूर्वी क्षेत्रमा भारी वर्षा भएसँगै राप्ती नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । पछिल्लो दुई घण्टा लगातार भारी वर्षा भएसँगै जलसतह बढेको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार राप्ती नदीको रजैया केन्द्रमा जलसतह सतर्कता तहमा पुगेको छ । नदी जलाधारमा साँझदेखि निरन्तर भारी वर्षा भइरहेकाले जलसतह बढेको महाशाखाले जनाएको छ ।

राप्ती नदीमा जलसतह सतर्कता तहनजिक पुगेसँगै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सौराहलगायतका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्