site stats
बाह्रखरी :: Baahrakhari
देश
डोटीमा जीप दुर्घटना : तीनजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । शुक्रबार दिउँसो १:४० बजेको समयमा आदर्श गाउँपालिका–१, खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, दुर्घटनामा परी सायल गाउँपालिका–४, सुण्डकी ४१ वर्षीया देवी विक, जीप चालक आदर्श गाउँपालिका–७, दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६, कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४:१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार, मृतक काली गर्भवती रहेको खुलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा परी आदर्श गाउँपालिका–३, नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७, दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चारजनाको अवस्था गम्भीर छ भने एकजनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जीप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ ।  रासस

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्