site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेन : वनमन्त्री महतो
फाइल तस्बिर।

काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्र्न नसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानुन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताए । उनले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताए ।

मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताए । उनले जलवायु, वातावरणलगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझिकन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताए ।

उनले जंगली जनावरको संख्या बढाए पनि यसको संरक्षणमा चुनौती खडा भएको बताए । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाए पनि संरक्षण गर्न ठूलो चुनौती देखिएको बताए ।

“मुख्य समस्या भनेकै प्रतिवद्धतामाथि प्रतिवद्धता गरेर हो । जंगलमा भएको जनावर र मानिसबीचको जुन द्वन्द्व छ, अहिले प्रश्न के उठ्न थालेको छ भने मान्छे ठूलो कि जनावर ठूलो ? हामीले कसलाई प्राथमिकता दिने ?,” उनले भने, “जनावरले मान्छे मा¥यो भने ठिक छ, तर मान्छेले जनावर मारेपछि जिन्दगीभरि जेलमा बस्नुपर्छ । वन ऐनले त जनावर ठूलो भनेको छ । बाघको संख्या त बढायौं तर, त्यसको संरक्षण गर्न ठूलो चुनौती छ ।”

अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro