site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका प्रमुख सचेतक भन्छन्– सीमाको भूमि जोगाउन पहल गर्छु
फाइल तस्बिर ।

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् ।

बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुगेका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताए ।

महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो,” नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।”

उनले नदीमा पानी बढेको र निर्माण सामग्री ल्याउनसमेत कठिनाइ भएकाले अहिले तत्कालका लागि अस्थायी तटबन्ध बनाएर बस्ती जोगाउन पहल गर्ने बताए । उनले भने, “यस विषयमा सरोकारवाला निकायसित पनि छलफल गर्ने छु ।”

विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि पहिलो पटक सो बस्ती नगरका अन्य क्षेत्रसित जोडिएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro