site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौं । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट साझेदारका रुपमा सहकार्य गर्ने भएको छ ।

सरकार, राष्ट्रिय युवा परिषद्, वाग्मती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई)ले संयुक्त रुपमा युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना गर्दै छन् । सम्मेलनको यो तेस्रो संस्करण हो ।

Dabur Nepal
NIC Asia

यसका लागि बुधबार सम्मेलनका मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निर्माणका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालको भनाइ छ ।

यस्तै, एनबीआईका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउन सम्मेलनले मद्दत गर्ने बताएका छन् ।

नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निमार्ण एवं कार्यान्वयनका लागि पनि शिखर सम्मेलन उपलब्धिमूलक हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने यो वर्षको सम्मेलनमा 'युवा नर्वप्रवर्तन : लगानी र समृद्धि' भन्ने मूल नारा रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro