site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपदबाट दुई महिनामा ४८ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । यसवर्ष मनसुन सुरु भएपछिको दुई महिनामा मनसुनजन्य विपद्का घटनामा परी ४८ जनाको मृत्यु भएको छ ।

यसवर्ष मनसुन जेठ ३१ गतेबाट सुरु भएको थियो । २०८० जेठ ३१ गतेदेखि असार ३० गतेसम्मको अवधिमा भएका मनसुनजन्य विपद्का घटनामा परी २९ जना बेपत्ता भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

शाखाको विवरण अनुसार पछिल्लो दुई महिनामा मनसुनजन्य विपद्का घटनामा परी ६० जना घाइते भएका छन् । ती घटनाले १९० घर पूर्ण क्षति र ६९६ घरमा आंशिक क्षति गरेको छ ।

मनसुनजन्य विपद्का घटनामा परी संखुवासभामा १९, ताप्लेजुङ र पाँचथरमा तीन/तीन, दोलखा र मकवानपुरमा दुई/दुईजना बेपत्ता भएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro