site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

मंगलबार एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए । 

Dabur Nepal
NIC Asia

प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने उनको जिकिर छ । तत्कालीन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको ओलीले बताए ।

“हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो,” उनले भने, “हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए ।”

प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको उनको भनाइ छ ।

ओलीले प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

“हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो,” उनले भने, “त्यो चाल्नैपथ्र्यो । त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधिसभा पुनःस्थापना हुँदासम्म हामी प्रतिनिधिसभामा मजबुत रुपमा, फेरि पनि प्रमुख पार्टीको रुपमा प्रतिनिधिसभा पुनःस्थापना हुँदासम्म पुग्यौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro