site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । 

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, मौसममा सुधार हुँदै


 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro