site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
प्रेम आले भन्छन्– सिनेमाको कथा लेख्दा मलाई समावेश गरेको भए थुप्रै नयाँ कुरा आउँथ्यो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले पछिल्लो समय नेपाली सिनेमामा राजनीतिक विषय समेटिन थालेको बताएका छन् । चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा नेता आलेले पछिल्लो समय नेपालको राजनीतिक अस्थिरतालाई सिनेमाले उठान गरेको बताए । 

‘ऐँचो पैँचो’को ट्रेलरले आफ्नो मन छोएको बताएका उनले नेपालमा यस्ता विषयवस्तुमा अझै धेरै सिनेमा निर्माण हुन आवश्यक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सिनेमा निर्माण अगाडि सिनेमाको कथामा मलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा सिनेमामा आउन सक्थे । तर, पनि सिनेमामा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त छन्,” उनले भने ।

भदौ १४ गते आफू परिवारसहित हलमा गएर सिनेमा हेर्ने उनको भनाइ छ । ट्रेलर हेर्दा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरेको बुझ्न सकिने उनले बताए । 

Global Ime bank

निर्देशक कृषा चौलागाईंले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी लगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement