site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायीले बिल पेस गरेको डेढ महिनाभित्र भुक्तानी दिन्छौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् ।

आन्दोलनरत निर्माण व्यवसायीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री डा महतले काम गरेकाहरुलाई भुक्तानी दिने दायित्व राज्यको भएकाले व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नभएको बताए ।

Dabur Nepal
NIC Asia

सम्बन्धित आयोजनामा बिल पेस गरेको एक महिनाभित्र अर्थ मन्त्रालयमा आउने र त्यसको १५ दिनभित्रमा भुक्तानी दिने उनले बताए । अर्थ मन्त्रालयले भुक्तानी रोक्न चाहेको सन्देश गलत भएको उनको भनाइ छ ।

अर्थमन्त्री महतले निर्माण व्यवसायीले राख्दै आएको भ्याटको विषयमा मन्त्रालयले उचित सम्बोधन गर्ने विश्वास दिलाए । उनले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पारे ।

छलफलमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले कार्यक्रम नभएको योजनाहरुमा सम्झौता भएको, गत वर्ष सम्पन्न नभएका आयोजनाहरुको भुक्तानीमा समस्या देखिएको उनले बताए । गत वर्ष माइलस्टोल, सार्वजनिक खरिद नियमावलीलगायतका समस्याका कारण म्याद थप नभएका आयोजनाहरुलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्नेलगायतका नौबुँदे माग राख्दै निर्माण व्यवसायी महासंघ आन्दोलनमा छ । यता सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्ने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro