काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार ३.६१ अंकले घटेर २०७७.२४ को बिन्दुमा झरेको छ ।
२७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर दुई अर्ब ९ करोड १३ लाख ९० हजार ६३९ रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेर ३९८.१३ बिन्दु कायम भएको छ ।
१३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक बढेको छ । आठवटा उपसमूहको समूहगत सूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक ०.६५ प्रतिशतले बढेको छ । ट्रेडिङ उपसमूहको समूहगत सूचक १.४१ प्रतिशतले घटेको छ ।
थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३०५.५० रुपैयाँ पुगेको छ । सिद्धार्थ प्रिमियर इन्स्सोरेन्सको सेयर मूल्य सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ ।