site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बोल्दिनँ, बोलिसकेपछि तह लगाएरै छोड्छु : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भागेर कतै जाने खालको मान्छे नभएको स्पष्ट पारेका छन् । आफू पूर्वानिर्धारित कार्यक्रमका सिलसिलामा विदेश गएर फर्किएको उनले जानकारी दिए ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि विदेश गएका थिए । सोमबार बिहान स्वदेश फर्किएर उनले आफ्नो भ्रमण र नेपालमा उत्पन्न परिस्थितिबारे स्पष्ट पारेका हुन् ।

आफू यहाँबाट जानेबित्तिकै ललितानिवास जग्गा प्रकरणका विषयमा जोडेर विभिन्न टीकाटिप्पणी गरिएको उनले उल्लेख गरे । विगतमा राजाले गिरफ्तार गर्न खोज्दा समेत नभागेको र चुनौतीको सामना गर्ने आफ्नो बानी रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै गल्ती नगरेको, अपराध नगरेको, बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा, अनि त्यत्तिकै कुनै सन्दर्भ छैन भन्न सकिन्छ,” उनले भने, “किनभने, कानुनको एउटा प्रसेस हुन्छ, त्यो प्रसेसअन्तर्गत नै सबै प्रक्रियाहरू अगाडि बढ्छन् । प्रसेस अगाडि बढेको पनि छैन । मेरो पहिलेदेखिको निश्चित, निर्धारित कार्यक्रममा मैले जाने अवस्था बन्यो ।”

चुनौती दिइसकेपछि सिधा सामना गर्ने आफ्नो शैली रहेको उनले बताए । तह लगाउनुपर्ने भए लगाएरै छोड्ने आफ्नो बानी रहेको उनको भनाइ छ ।

Global Ime bank

“म यहाँबाट जानेबित्तिकै केहीकेहीहरूले, अधिकांशले त ठिकै लेख्नुभयो । केहीकेहीहरूले माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपालमा फर्कने योजना पनि छैन, हिम्मत पनि छैन भनेर भनिसकेपछि मेरो पनि बानी के छ भने, चुनौती नदिएसम्म त म चुप लागेर बस्छु, चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म त्यस्तो नेचरको मान्छे हुँ,” उनले भने, “म न बोल्दिनँ, बोलिसकेपछि अब तह लगाउनुछ भने तह लगाएरै छोड्छु ।”

चार देशको भ्रमण तालिका रहे पनि नेपालमा आफूलाई जोडेर विभिन्न्न विषय उठाइएकाले बीचमै स्वदेश फर्किएको उनले बताए ।

“मेरो चार देशको भ्रमणको कुरा थियो, एउटा स्वीट्जरल्यान्ड, दोस्रो स्पेन, तेस्रो क्रोयसिया र चौथो युनाइटेड किङडम (यूके) । र, यूकेमा अझै बृहत् कार्यक्रम थियो,” उनले भने, “त्यो सबै कार्यक्रमको सन्दर्भमा भाग लिएर नै फर्कौंला भन्ने पनि लागेको थियो । दुई देशको भ्रमणको योजना रद्द गरियो ।” 

उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो । नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट गरिएको निर्णयका कारण उनी ललितनिवास जग्गा प्रकरणमा मुछिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement