site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी क्षेत्रमा आज बाढीको जोखिम
महाकाली नदीको दृष्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका धेरै सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन महाकाली नदीको जलसतह खतरा तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, कोसी, नारायणी, कर्णाली, बबई र यसका सहायक नदीमा जलसतह केही घटबढ हुनेछ । तर, सतर्कता तह आसपास नै रहने पूर्वानुमान छ ।

कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीमा जलसतह घट्दो भए पनि सतर्कताभन्दा केही तल रहने महाशाखाले जनाएको छ ।

Global Ime bank

पाँचथर, इलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुला भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ । यी नदीतटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलिदेखि देशभरका प्रमुख नदीमा जलसतह घट्दो हुने भए पनि सतर्कता तहभन्दा केही तल मात्र रहने महाशाखाको पूर्वानुमान छ ।

asdf1691984038.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement