राजनीति
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
शुक्रबार र आइतबार बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ । बैठकमा धेरै विषयमा कुरा उठेको र ती विषयहरूलाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेस संसदीय दलको बैठकमा सरकार बदल्ने, ढाल्ने वा अर्को बनाउने विषयमा कुनै छलफल नभएको नेताहले दाबी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०७:०३
प्रतिक्रिया दिनुहोस्