site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

सहिष्णुता र सद्भाव नेपाली समाजको परम्परागत विशेषता हो । सम्भवतः सामाजिक सांस्कृतिक विविधताका कारणले पनि नेपाली समाज छरछिमेकका तुलनामा सहिष्णु भएको हो । परन्तु, केही यता नेपाली समाजको सहिष्णु चरित्र खलबल्याउन अतिवादीहरू विभिन्नरूपमा सक्रिय देखिन थालेका छन् ।

पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा बुधवार सडकमा फाल्ने कार्य यस्तै समाजमा विवाद चर्काउने अतिवादी हर्कत हो । आदिवासी दिवस मनाउने क्रममा पृथ्वीनारायण शाहको प्रतिभा राखिएको स्थानबाट फालिएको सन्देह गरिएको थियो । 

राजतन्त्र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टीले घटनाको विरोध गर्दै प्रतिभा पुनः पुरानै स्थानमा राख्नुका साथै पोखरा महानगरपालिकाका प्रमुखकै निर्देशनमा हटाइएको आरोप लगाएर विरोध प्रदर्शन गरेको थियो । जनसाधारण भने प्रतिभा हटाउने हर्कतप्रति असहमत देखिए पनि खासै आक्रोशित देखिएनन् । 

जनविरोधकै कारण पोखरा महानगरपालिकाले सर्वदलीय बैठक बोलाएर एक महिनाभित्र सडकमा रहेका सबै सालिक स्थानान्तरण र व्यवस्थापन गर्ने निर्णय गरेको हुनुपर्छ । सम्भवतः यस निर्णयले अहिलेको विवाद केही हदसम्म मत्थर बनाउन सहयोग गर्नेछ ।

Global Ime bank

नेपालमा गणतन्त्र स्थापना गर्नुको अर्थ राजतन्त्रात्मक शासन व्यवस्थाको अस्वीकृतिमात्रै हो ।  लोकतान्त्रिक विधिबाटै गणतन्त्रको स्थापना भएको हो । यसैले नेपाली समाजमा कुनै विचार, धर्म वा संस्कृतिको निषेध स्वीकार्य हुनसक्तैन । यसैले पृथ्वीनारायण शाहको पनि अपमान हुनुहुँदैन ।

राजाहरूको शासनकालमा पृथ्वीनारायण शाहकोसँगै लखन थापाको सालिक राख्न दिइँदैन थियो । यो सामन्ती असहिष्णुता स्वीकार्य नभएरै त जनताले ज्यानको बाजी लगाएर आन्दोलन गरी राजतन्त्र अस्वीकार गरेका थिए । अहिलेको असहिष्णुताबाट  अर्को असहिष्णुता प्रकट भएको छ ।

त्यसमाथि पृथ्वीनारायण शाहको नाम नेपालको इतिहासबाट मेटाउन पनि कसैले सक्तैन । उनलाई हेर्ने  व्यक्तिको आफ्नै दृष्टिकोण हुनसक्ला तर आजको नेपाल राज्य  पृथ्वीनारायणकै कारण अस्तित्वमा रहेको त सबैले स्वीकार गर्नै पर्ने हुन्छ । 

यसैले पृथ्वीनारायण शाहको प्रतिमाको अपमान गर्ने कार्य  आवेगमा गरिएको मूर्खता होइन भने नेपाली समाजमा विग्रह र विद्वेष फैलाउने अतिवादी गिरोहको षड्यन्त्रकै  एउटा  भाग पनि हुनसक्छ । सरकारले यस्ता क्रियाकलापलाई सामान्य घटना ठानेर उपेक्षा गर्ने गल्ती नगरोस् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu