site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओमा १० कित्ते नीतिले अन्डर राइटिङमा समस्या, बोर्डका अध्यक्ष भन्छन्– रिभ्यू हुन्छ  
फाइल तस्बिर ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीतिलाई परिमार्जन गर्ने भएको छ । यसको विषयमा बोर्डमा छलफल सुरु भएको छ । १० कित्ते नीतिले पछिल्लो सयम समस्या निम्त्याएको भन्दै यसलाई परिमार्जन गर्ने धितोपत्र बोर्डले तयारी गरेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हालको १० कित्ता आईपीओ नीतिले गर्दा अन्डर राइटिङमा समस्या निम्तिएको बताए । १० कित्ते नीतिमा सकारात्मक कुराहरू भए पनि यसमन नकारात्मक कुराहरू हटाउनुपर्ने आवश्यकता देखिएको हमाल बताउँछन् ।

“१० कित्ते नीतिले नकारात्मक असरमात्र हैन सकारात्मक प्रभाव पनि पारेको छ । तर, नकारात्मक पक्षलाई कसरी करेक्सन गर्ने भनेर हामी छलफल गरिरहेका छौँ,” उनले भने, “यो गहन विषय हो । जनतालाई प्रभाव पर्ने गरी केही गर्न पनि भएन । यसका धेरै राम्रा पक्षहरू पनि छन् । अहिलेको नीतिले अन्डर राइटिङ प्रोसेसमा काम गर्न सक्ने अवस्था भएन । मूल्याङ्कनमा अन्डरराइटरले चेक गर्न सक्ने अवस्था पनि भएन । मूल्याङ्कन गर्ने त अन्डर राइटरले हो ।”

यसको बहुआयामिक पक्षलाई हेरेर नीतिको रिभ्यू हुने पनि हमालले बताए । १० कित्ते नीति हट्ने नहट्ने भन्दा पनि बहुआयामिक पक्षलाई हेरेर यो नीतिको नकारात्मक पक्षलाई कसरी सल्ट्याउने भन्ने कुरा महत्त्वपूर्ण रहेको अध्यक्ष हमाल बताउँछन् ।  

विद्यार्थी, गृहिणी तथा ससाना पुँजी भएका वर्गको पुँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ २०७५ चैत २७ गतेदेखि यो व्यवस्था धितोपत्र बोर्डले लागु गरेको थियो । तत्कालीन समयमा बोर्डले लिएको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आईपीओमा न्यूनतम १० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro