देश
काठमाडौं । कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा अति भारी वर्षा भएको छ । उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना रहेको छ ।
तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ०५:२८
प्रतिक्रिया दिनुहोस्