site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
निरन्तर बढ्दै साइबर अपराध : तीन वर्षमा १७ हजार उजुरी, फेसबुक र म्यासेन्जरको ठूलो हिस्सा 
SkywellSkywell

काठमाडौं । सूचना प्रविधिको विकास र यसको प्रयोगको सकारात्मक पाटो त छँदै छ नकारात्मक पाटो पनि डरलाग्दो बन्दै गएको छ । नेपालमा पछिल्ला वर्षहरूमा इन्टरनेटका माध्यमबाट हुने अपराधिक गतिविधिहरू आक्रामक तरिकाले बढेको देखिन्छ ।

नेपाल प्रहरीको साइबर ब्युराको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा ठगी एवं अपराधिक घटनासम्बन्धी १७ हजार भन्दा बढी निवेदन परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९ र ०७९/०८० मा गरी १७ हजार ६०५ निवेदन परेको बताएको छ । यी प्रत्येक वर्ष क्रमशः तीन हजार ९०६, ४ हजार ६८६ र ९ हजार १३ निवेदन परेका छन् ।

Dabur Nepal
NIC Asia

ब्युरोमा परेका उजुरीमध्ये ०७७ सालमा ७६ मुद्दा दर्ता भएका छन् । ०७८ सालमा १३२ र ०७९ मा १२७ मुद्दा दर्ता भएका छन् ।

फेसबुक र म्यासेन्जरबाट पीडित हुने सबैभन्दा धेरै

इन्टरनेटका विभिन्न माध्यममध्ये सबैभन्दा बढी अपराधिक घटना सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरबाट हुने गरेको देखिएको छ ।

साइबर ब्युरोको तथ्यांक अनुसार ०७७ सालका तीनहजार ९०६ घटनामध्ये फेसबुक र म्यासेन्जरका माध्यमबाट पीडित हुनेहरूले मात्रै तीनहजार ४५१ उजुरी दर्ता गरेका थिए । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ९६, ईसेवा सम्बन्धी २८ र वेबसाइट ह्याक तथा डाटा ब्रिचका २८ उजुरी ब्युरोमा परेका थिए ।

०७८ सालका चारहजार ६८६ उजुरीमध्ये फेसबुक र म्यासेन्जरका माध्यमबाट पीडित भएकाहरूले दिएको उजुरीको संख्या तीनहजार ९५६ छ । 

यस वर्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी १२७, ईसेवासम्बन्धी ६५ र वेबसाइट ह्याक तथा डाटा ब्रिचका १२ उजुरी ब्युरोमा परेका थिए ।

गत वर्ष ०७९ सालका ९ हजार १३ उजुरीमध्ये फेसबुक र म्यासेन्जरका माध्यमबाट पीडित भएर परेका उजुरीको संख्या ६ हजार ७८२ रहेको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी २२१, ईसेवा सम्बन्धी १९६ र वेबसाइट ह्याक तथा डाटा ब्रिचका ४५ उजुरी ब्युरोमा परेका थिए ।

पछिल्ला तीन वर्षमा इन्स्टाग्राम, भाइबर, इमो, युट्युब, ह्वाट्सएप, ट्विटर, टिकटक र ईमेलका माध्यमबाट समेत ठगिएका वा अपराधिक घटनाको सिकार भएका पीडितहरूले ब्युरोमा उजुरी दिएका छन् ।

वित्तीय संस्था र ईसेवासम्बन्धीका घटना बढ्दो

पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा समग्र साइबर सुरक्षासम्बन्धीका घटना र बैंक तथा वित्तीय संस्थासम्बन्धी ठगी वा अपराधिक घटनाको उजुरी निरन्तर बढ्दै गएको देखिन्छ ।

यस्तै, ईसेवाका माध्यमबाट भएका अपराधिक घटनासम्बन्धी उजुरीको संख्या पनि निरन्तर बढ्दै गएको छ ।

टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर, युट्युब र इमोका माध्यमबाट पीडित भएर उजुरी दिनेहरूको संख्या पनि पछिल्ला तीन वर्षमा बढ्दै गएको छ ।

उजुरी कसरी हेर्दै छ ब्युरोले ?

ब्युरोमा पर्ने गरेका उजुरीको संख्या एकदमै उच्च भए पनि मुद्दा नै परेर अघि बढ्ने घटनाको संख्या भने निकै कम छ । ब्युरोमा परेका कतिपय उजुरीको छानबिन गर्दै जाँदा आफ्नै श्रीमान्ले श्रीमतीको मन बुझ्न फेक आईडी बनाएर झुक्काउन खोजेको खुल्न आउने ब्युरोका एक अधिकारीले बताए ।

यस्तै, फेसबुक, म्यासेन्जरसम्बन्धी घटनामा मेटासँग प्रत्यक्ष सहकार्य नभएको र ईमेलमार्फत मात्रै जानकारी ओहोरदोहोर हुने गरेको ती अधिकारीले बताए । 

“फेसबुकबाट ईमेलको प्रतिक्रिया चाँडोमा २४ दिनमा आउँछ । साइबर अपराधको हदम्याद ३५ दिन हुँदा कहिले सरी फेसबुकबाट पुष्टि भएर अघि बढ्न खोज्दा ढिलाइ हुने अवस्थामा मसते आउँछ,” ती अधिकारीले भने ।

केही दिनअघि मात्रै एक पुरुषले महिलाको नक्कली आईडी बनाएर ७० लाख रुपैयाँ ठगी गरेको घटना उद्धृत गर्दै केटाले केटी बनेर च्याट गरेर ठगी गर्ने गरेको घटना पनि हुने गरेको उनले बताए ।

साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायले साइबर अपराधका घटनाको छानबिनका लागि कुनै पनि सामाजिक सञ्जाल कम्पनीसँग प्रत्यक्ष संलग्न भएर काम गर्ने स्थिति नरहेको बताए ।

कम्पनीहरूले आफ्ना प्रयोगकर्ता घटाउन नचाहने रणनीति राख्ने भएका कारण कुनै पीडितले पीडकसँग थप कुरा नगर्न ब्लक गर्ने र अन्य विकल्प हुँदाहुँदै त्यसको प्रयोग किन नगरको भनेरसमेत प्रतिक्रिया दिने गरेको अधिकारीहरूको भनाइ छ ।

आत्महत्या र बाल अश्लीलतामा तत्काल प्रतिक्रिया

सामाजिक सञ्जालहरूले आत्महत्याका घटना र बाल अश्लीलता (चाइल्ड पोर्नाेग्राफी)मा भने कडाइका साथ प्रतिक्रिया जनाउने गरेको ब्युरोका अधिकारीले बताए ।

कुनै मान्छेले लाइभ गरेर आत्महत्या गर्न खोजिरहेको छ भने तुरुन्तै अलर्ट आउने बताउँदै उनले भने, “अलर्ट आएसँगै हामीले प्रक्रिया गर्छाैं । यसरी करिब २५ जनाको ज्यान गाउन सफल भएका छौँ । एक दुई जनाको भने चाँडै उद्धार गर्न सकिएन ।”

कुनै प्रयोगकर्ताले चाइल्ड पोर्नाेग्राफी सेयर गरेमा पनि अलर्ट आउने गरेको ब्युरोले बताएको छ । “यो लोकेसनमा यो प्रयोगकर्ताले यस्तो भिडियो सेयर गर्दै छ भनेर अर्लट आउँछ । फेसबुक र टिकटकले खासगरी यसमा एकदम कडाइका साथ प्रतिक्रिया दिने गर्छन् । हामीले केही व्यक्तिलाई छानबिनमा पनि ल्याएका छौँ,” ब्युरोका ती अधिकारीले भने ।

साइबर ब्युरोले सामाजिक सञ्जालको सुरक्षित तरिकाले प्रयोग गर्न र अपराधिक गतिविधिबाट बच्न आग्रह गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu