देश
काठमाडौं । अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले 'बल प्रयोग' गरेको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्तिमार्फत घटनाबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका हुन् ।
गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० २०:२६
प्रतिक्रिया दिनुहोस्