site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशमा शैक्षिक संस्था बन्द गर्ने चेतावनी

विराटनगर । प्रस्तावित शिक्षा ऐनको दफा संशोधन नभए कोसी प्रदेशका निजी शैक्षिक संस्थाले शैक्षिक क्षेत्र बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी निजी तथा संस्थागत शैक्षिक क्षेत्र सम्बद्ध संस्थाले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले सरकारद्वारा प्रस्तावित शिक्षा ऐनको प्रस्तावित मस्यौदामा समावेश भएका दफा संशोधन गर्न माग गरेका हुन् । माग पूरा नभए साउन २८ गतेदेखि शैक्षिक क्षेत्र अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।

Argakhachi Cement Island Ad

सरकार शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसद्मा पेस गर्ने तयारी गरिरहँदा सरोकारवालाले आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेसनल प्याब्सन कोसी प्रदेश अध्यक्ष राजन पौडेलले भने, “संस्थागत शिक्षा क्षेत्र नै तहस नहस हुने गरी प्रस्ताव गरिएको कानुन मान्न सक्ने अवस्था छैन ।”

प्याब्सनका कोसी प्रदेश अध्यक्ष टीकाराम ढकालले कोसी प्रदेशका शैक्षिक संस्था बन्द गरेर आन्दोलन सुरु गरिने बताए । कम्पनीमार्फत सञ्चालनमा रहेका विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयकै कारण आन्दोलन गर्नुपर्ने अवस्था आएको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्