site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको संकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट ककनी गाउँपालिकाका २८ वर्षीय आकाश बलामी र बिनोद तोलाङको मृत्यु भएको हो ।

उनीहरुले सोमबार राति जेलबाट भाग्न खोजेका थिए । लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि फेरि कारागार पुर्‍याइएको थियो । तर, कारागार पुगेपछि भने उनीहरु अचेत भएका थिए ।

कारागार प्रशासनले उनीहरुलाई उपचारको लागि अस्पताल पुर्‍याएको थियो । तर, डाक्टरले दुवैजनालाई मृत घोषित गरेको जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार बिनोद जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने आकाश चोरी मुद्दामा जेल परेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro