site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजकिशोर यादवको प्रश्न– संसद् तीन दलको स्वार्थको बन्धक बन्नुपर्ने हो ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले संसद् तीन दलको बन्धक बनेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले शीर्ष तीन दलको स्वार्थको बन्धक संसद् बनेको बताए । 

“हामी जनताको जनप्रतिनिधि बनेर जनताको पीडा, आवाज बोल्न यहाँ आएका हौँ । तर, त्यो बोल्न पनि केही नेताहरूको राजनीतिक सिन्डिकेटबाट आदेश प्राप्त हुनुपर्छ । उहाँहरूको स्वार्थको बन्धक बन्नुपर्ने ?,” उनले भने, “यही हो लाोकतन्त्र ? यही हो जनतले लडेको बनाएको संसद् ? केही नेताहरू बसेर यो सम्पूर्ण संसद्को काम कारबाही प्रभावित गरिरहेको छ यसमा विमति छ । भविष्यमा यस्तो नहोस् ।”

Dabur Nepal
NIC Asia

उनले सत्ता र प्रतिपक्षीको दोहोरीको कारणले जनताको पीडा संसद्‍मा राख्न नपाएको गुनासो गरे । “सुक्खाका कारणले गर्दा समयमा वर्षा नहुँदा मधेस र मधेसका जनता डराएका छन् । पानीको हाहाकार छ, खानेपानीको । किसान सरकार के गर्दै छ ? हाम्रो भविष्य बालबच्चा कसरी पालौँ भनेर चिन्तित छन् । हामी यहाँ हिँड्न इन्ट्रेस्ट पूरा गर्न खोजिरहेका छौँ । जनताले माफ गर्दैनन् ।”

उनले अहिले जे गर्दा ठिक छ भन्ने लागे पनि त्यसको हिसाब जनताले लिने बताए । 

‍उनले सुन तस्करी प्रकरणमा सरकार अघि बढिरहँदा दलका नेताहरू लेनदेनमा अघि बढे त्यसले राम्रो सन्देश नजाने धारणा राखे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro