site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा २८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ३८५.५६ को विन्दुमा झरेको छ ।

यसदिन १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक २.७० प्रतिशतले घटेको छ ।

आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९.९७ प्रतिशतले बढको छ । १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक लि डिभेन्चर २०८०/८१ को सेयर मूल्य सर्वाधिक नौ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro