site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति
अविरल वर्षाका कारण महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा मंगलबार डुबानमा परेको बस्ती । तस्बिर : गोपालप्रसाद बराल/रासस ।
Sarbottam CementSarbottam Cement

कैलाली । वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीका कारण गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुगेको छ ।

नदीमा आएको बाढीका कारण धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायत संरचनामा क्षति पुगेको हो । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवाले पुरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाढीका कारण धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुगेको छ । धाम विकास समितिका पदमराज जोशीले नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुगेको बताए ।

धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले हिजो बेलुका आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुगेको बताए ।

Global Ime bank

बाढीपछि जोखिममा परेका बटुक र सन्तमहन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ ।

गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झन्डै ६ दशकअघि बनाइएको पुलछेउमा बाढीले कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो ।

सडकमार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धामक्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर संक्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न आउने गर्छन् ।

यसैबीच, वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement