site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै
फाइल तस्बिर

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । 

सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो । 

Dabur Nepal
NIC Asia

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।  

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । एमालेको मागमा सरकार सहमत भएको छैन ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro