site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
विद्युतीय सुशासन : नागरिकले घरबाटै लिन सक्छन् यी सरकारी सेवा
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूचना प्रविधिको विकासले मानिसले काम गर्ने तरिका र जीवनपद्दति व्यापक रुपमा परिवर्तन गरिदिएको छ । हरेक नागरिकले गर्ने दैनिक जीवनका धेरै जसो कामहरु भर्चुअल माध्यम अथवा इन्टरनेट अनलाइनबाटै हुने गरेका छन् ।

कोरोना भाइरसले निम्त्याएको कोभिड–१९ को महामारीपछि अनलाइन माध्यमबाट गर्न सकिने कामहरुको विस्तार व्यापक रुपमा भएको देखिन्छ । रिमोट रोजगारी अथवा भर्चुअल माध्यमबाटै काम गर्ने, अनलाइनबाट पढ्ने, सीप सिक्नेदेखि निजी र सरकारी क्षेत्रका थुप्रै कामहरु अहिले घरबाटै गर्न सकिन्छ ।

सरकारी निकायबाट हुने स–साना कामका लागि पनि सम्बन्धित निकायकै कार्यालय धाउनु पर्ने झन्झट हट्दा यसले आम नागरिकहरुलाई ठूलो सुविधाको महसुस गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी कार्यालयहरुमा लामो समयदेखि जरा गाडेर बसेको सानोतिनो कामका लागि लाइन बसेर समय खेर फाल्नुपर्ने समस्या अनलाइनबाट काम गर्न सकिने भएसँगै कम हुँदै गएको छ ।

के–के सरकारी काम गर्न सकिन्छ अनलाइनबाट ?

Global Ime bank

राष्ट्रिय परिचयपत्र र राहदानी

केही महिनाअघि मात्रै पासपोर्ट बनाउनका लागि रातदिन नागरिक लाइन बस्नु परेको समस्याले चर्काे आलोचना खेपेको थियो । जुन् अहिले समाधान भएको छ । राहदानी बनाउनका लागि अब अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचयपत्र बनाउनका लागि व्यक्ति आफैले अनलाइनबाटै आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आफू उपस्थित हुनैपर्ने कुराहरुका लागि उपस्थित हुनबाहेक राष्ट्रिय परिचय त्र र राहदानीको काम अनलाइनबाटै हुने गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्युजस्ता घटना दर्ताका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

राजस्व विभागको करचुक्ता

आन्तरिक राजस्व विभागले करदाताले दर्ता हुनसक्ने एवं कर भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । दर्ता विवरण पेस गर्ने र करचुक्ताको कागजात पनि अनलाइनबाटै पाउन सकिनेलगायतका सेवाहरु राजस्व विभागले अनलाइनबाटै गर्न सकिने बनाएको छ ।

कम्पनी दर्ता तथा खारेज

कम्पनी रजिष्टारको कार्यालयले केही उपस्थित हुनैपर्नेबाहेक कम्पनी दर्ता, अध्यावधिक एवं खारेजीको काम अनलाइनबाट पनि गर्न सकिने गरी व्यवस्था गरेको छ ।

मालपोत र नापी

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत र नापी कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । नागरिकले जग्गाको दैनिक कारोबार भएको विवण, व्यक्तिको नाममा दर्ता जग्गा र जग्गा खरिद, बिक्रीसम्बन्धी विभिन्न काम एवं जानकारी अनलाइनबाट हेर्न बुझ्न सकिने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले पनि विभिन्न सेवाहरु अनलाइनबाट दिँदै आएको छ । विभागले श्रम स्वीकृतिको फारम भर्न सकिने, दर्ता म्यानपावर हेर्न सकिने, पूर्वश्रमस्वीकृति र डिमान्ड हेर्न सकिनेसहित म्यानपावर कम्पनी तथा सञ्चालकको सम्पर्क नम्बरसहितको विवरण अनलाइनबाट हेर्न सकिने व्यवस्था गरेको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र

विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेले घरबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमााीकरण गर्न सक्ने भएका छन् । यसका लागि अब काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग जान पर्ने छैन ।

विभागले साउन २१ गते आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणलाई पूर्ण रुपमा अनलाइनबाट गर्न सकिने बनाएको हो । अब, यसका लागि कुनै व्यक्तिले दूरदराजबाट काठमाडौं आएर विभाग धाउनुपर्ने झन्झट टुटेको छ भने फजुल खर्च समेत जोगिनेछ ।

नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनलाइनबाटै लिन सक्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमित शाखाले अनलाइनबाटै एनओसी दिने व्यवस्था गरेको हो ।

नक्सापास

काठमाडौं महानगरपालिकाले घर तथा संरचना बनाउँदा नक्सा दर्ता, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा ‘प्लिन्थ लेभल’सम्मको इजाजतलगायतका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । यसले दुई/तीन महिना लाग्ने समय घटाउने र बिचौलियाबाट जोगाउने महानगरले जनाएको छ ।

सवारीचालक अनुमतिपत्र

सवारीचालक अनुमतिपत्र लिन निकै झन्झटिलो मानिने प्रक्रियामा पनि उल्लेख्य सुधार हुँदै गएको छ । अनलाइनबाट लाइसेन्सका लागि आवेदन दिएपछि बायोमेट्रिक र सामान्य मेडिकल जाँचका लागि उपस्थित हुनैपर्ने भएकाले कार्यालयमा जानुपर्छ ।

त्यसपछि अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था छ । लिखित र प्रयोगात्मक परीक्षाका लागि उपस्थित हुने र त्यसपछि एकैपटक लाइसेन्स लिन कार्यालय जाँदा हुने गरी प्रणाली विकास गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विद्युत् महसुल भुक्तानी

विद्युत् प्राधिकरणले बिजुलीको बिल अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको लामो समय भइसकेको छ । यसले कयौँ नागरिकलाई सानोतिनो बिल तिर्न घण्टौ लाइन लाग्नुपर्ने झन्झटबाट मुक्त पारेको छ । बिजुलीसँगै खानेपानीको बिल पनि अनलाइनबाट तिर्न सकिन्छ ।

दूरसञ्चार सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगकर्ताले आफ्नो फोन हराएको आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको छ । यसका साथै आफ्नो फोनको आईएमईआई नम्बर दर्ता भए, नभएको हेर्न सकिने र इन्टरनेटको स्पिड चेक गर्न सकिने व्यवस्था पनि गरेको छ ।

अनलाइनबाटै राजस्व तिर्न सकिने

काठमाडौं महानगरपालिकाले आफ्ना १० वटा वडामा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्था विस्तारै अन्य सरकारी निकायहरुमा पनि विस्तार हुने बताइएको छ ।

लोकसेवा आयोग

लोकसेवा आयोगको परीक्षा दिन चाहने हजारौँ, लाखौँ मानिसले अनलाइनबाटै आफ्नो आवेदन दिन सक्छन् । आयोगले लामो समयदेखि अनलाइन आवेदन प्रणाली सुरु गरेको थियो ।

अहिले लोकसेवा आयोगको सबै विज्ञापनमा अनलाइनबाटै आवेदन दिएर भुक्तानी गर्न सकिन्छ । र त्यहाँबाटै परीक्षा प्रवेशपत्र प्राप्त गरेर सोझै परीक्षा दिन उपस्थित हुन सकिन्छ ।

अस्पतालको टिकट अनलाइनबाटै

सरकारी अस्पताल जाँदा सबैभन्दा झन्झटिलो टिकट लिनु र लाइनमा उभिनुपर्ने काम हो । तर, काठमाडौंको वीर अस्पतालले अनलाइनबाटै टिकट काटेर डाक्टर भेट्न मात्रै अस्पताल गए हुने व्यवस्था गरेको छ ।

आफ्नो फोनमा वीर अस्पतालको एप डाउनलोड गरेपछि त्यहाँबाट आफूले टिकट काटेर आवश्यक परेको चिकित्सकसँग भेट्ने समय लिन सक्छन् । त्यसपछि, सो समयअनुसार अस्पताल गएर सोझै डाक्टरलाई भेट्न सक्ने अस्पतालले जनाएको छ ।

हेलो सरकार

हेलो सरकारको आधिकारिक वेबसाइट, फोन एवं सामाजिक सञ्जालमा नागरिकले आफ्नो गुनासोहरु राख्न सक्छन् । गुनासोका आधारमा हेलो सरकारले तिनहरुको फर्छ्यौट गर्ने काम गर्छ ।

माथि उल्लेखित उदाहरणबाहेक पछिल्लो समय तीन तहका सरकारले अनलाइनबाट दिन सकिने सेवाहरु विस्तार गर्दै गएका छन् । यसले नागरिकलाई सेवा लिने सास्तीबाट सहजता दिएको छ । यस्तै, बिचौलियाबाट जोगाउनुका साथै आर्थिक अनियमितता र भ्रष्टाचार न्यूनीकरणमा पनि मद्दत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय