site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठकको निचोड : गाउँ फर्कने, पार्टी बनाउने 
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) पार्टी निर्माणका लागि गाउँ पस्ने भएको छ । साउन १७ गतेदेखि पाँच दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ । 

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिइएको अभियान १६ भदौबाट सुरु गर्ने निर्णय भएको छ । केन्द्रीय समिति बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी पार्टीजस्तो नभएको भन्दै पुनर्निर्माण गरिने बताएका थिए । 

यस अभियानमार्फत जनताको घरघरमा पुग्ने तयारी माओवादीको छ । बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा प्रत्येक घरमा जान निर्देशन दिए । आफू पनि सातै प्रदेशका वडामा पुग्ने बताए ।

Dabur Nepal
NIC Asia

Maobadi Kendriya Samiti (4)1690988791.jpg

“वडा केन्द्रित भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ । एउटा पनि घर नछोड्ने,” प्रचण्डले भने, “माओवादीका शुभेच्छुक शुभचिन्तकको मात्रै होइन, कुनै पनि राजनीतिक आस्थासँग सम्बन्धित भए पनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले गरेको पहलमा हामीले आउने दिनमा कसरी राष्ट्रिय एकता, स्वाधीनतलाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अघि बढ्न हाम्रा योजना राख्ने । जनताको आलोचना र गुनासा सुन्ने ।” 

उनले बेपत्ता घाइतेका सबै परिवारसमक्ष पुग्न पनि आग्रह गरे ।

केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटा बैठकबाट जनतामा भन्दा पार्टी नेता र कार्यकर्तामा समस्या रहेको निष्कर्ष निकालिएको बताउँछन् । त्यसैले जनतामा जाने निष्कर्षमा पुगेको उनको भनाइ छ । 

“हाम्रो पार्टी पंक्तिको कार्यशैली र रूपान्तरणको प्रश्न ज्यादा हो । जनातामा कम समस्या छ । नेता कार्यकर्तामा बढी समस्या हो भन्नेमा हाम्रो समान धारणा भयो,” उनी भन्छन्, “अध्यक्ष प्रचण्डले पनि सातै प्रदेशको वडामा जाने भन्नुभएको छ । तल फर्कने कुरा भएको छ । गरिएका निर्णय कार्यान्वयन हुँदा पार्टी बन्छ ।”

माओवादीका सांसद् तथा केन्द्रीय सदस्य लेखनाथ दाहाल ‘राजन’ आफ्ना कमजोरीको निर्मम समीक्षा गरेर पार्टी पुनर्निर्माणमा जान लागिएको बताउँछन् । 

Maoba1691156399.jpg

“आफ्नो कमजोरीको निर्मम समीक्षा गर्ने र आउँदा दिनमा कमजोरी दोहोरिन नदिने । जनयुद्धकालीन शैलीमा नयाँ सन्दर्भमा नयाँ प्रतिबद्धतासहित पार्टी पुनर्निर्माण गर्ने,” उनी भन्छन्, “अहिलको जनताको अपेक्षा राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने । सरकारले लिएको शुसासन, समृद्धि समाजिक न्याय प्रदान गर्ने काममा सहभागी हुने काम नै मुख्य काम हो ।” 

माओवादीले नेताहरूको जिम्मेवारीमा पनि व्यापक हेरफेर गरेको छ । एक प्रदेशका पार्टी पदाधिकारीलाई अर्को प्रदेशको जिम्मेवारी दिइएको छ । 

बैठकबाट कोसी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव बलदेव खनालले पाएका छन् । मधेस इन्चार्जको जिम्मा सचिव लिलामणि पोखरेल र  वाग्मती इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्माले पाएका छन् ।

गण्डकीमा सचिव देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा सचिव डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सम्पर्क विशेषमा उपमहासचिव गिरिराजमणि पोखरेल, उपत्यकामा उपमहासचिव वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल तोकिएका छन् ।

माओवादीले जिल्लाको जिम्मेवारी दिँदा नेताहरूलाई दोहोरो जिम्मेवारी नदिने तयारीसमेत गरेको नेताहरू बताउँछन् । 

पार्टीको जिम्मेवारीमा व्यापक हेरफेर भएको र तीन महिने अभियानले पार्टी पुनर्निमाण हुने पार्टी सचिव गणेश शाहको विश्वास छ । 

Maobadi-CCM1691042358.jpg

“पार्टीमा इन्चार्जको जिम्मेवारी फेरिएको छ । तीन महिने अभियान चलाउँदा पार्टी बन्छ,” उनको भनाइ छ ।

पार्टीका अर्का नेता पेशल खतिवडा अब गाउँ जाने र पार्टी बनाउने निष्कर्षमा पुगिएको बताउँछन् । “गाउँ जाने पार्टी बनाउने यो बैठकको सन्देश हो,” उनी भन्छन् । 

केन्द्रीय सदस्य मुक्ति प्रधान बैठकबाट जनतालाई आर्थिक सम्पन्न बनाउने यात्रामा अघि बढिने बताउँछन् । “हामीले समृद्धिसहितको समाजवाद भनेका छौँ । तर, हाम्रो नेपाल अहिले पनि गरिबी, उत्पीडन र भेदभावले छटपटिएको ग्रामीण जनताको संख्या नै बढी छ । त्यसैले हाम्रो यात्रा जनतालाई आर्थिक सम्पन्न बनाउने हो । आर्थिक सम्पन्न नबनाई विकल्प नै छैन,” प्रधानले भने ।

जनतालाई समाजिक न्याय र सुशासनसहितको समृद्धिमा लैजान तीन महिने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।  घरघरमा पुगेर माओवादीबारे अन्तर्क्रिया गर्दै भ्रम चिरिने उनले बताए । 

“माओवादीका बारेमा भ्रम छ । प्रतिक्रियावादीले हामीले गरेका काम बीचमै काटिदिएका छन् । त्यसैले हामीले गरेका राम्रा काम लैजाने र जनताबीचको सम्बन्ध सुर्धाने हो,” प्रधान भन्छन् । 

तीन महिने अभियानबाट फर्किएपछि विधान सम्मेलन गर्ने तयारी माओवादीको छ । केन्द्रीय समिति बैठकले विधान अधिवेशनको मिति तोक्ने भने पनि मिति तय नगरी नै सकिएको छ । 

Maobad1691156399.jpg

पार्टीमा उत्तराधिकारीको प्रश्न 

माओवादीको बैठकमा पार्टी अध्यक्षको उत्तराधिकारीको प्रश्न पनि उठेको छ । पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले उत्तराधिकारीको विषय बैठकमा प्रवेश गराएका हुन् ।

शनिबारको बैठकमा बोल्ने क्रममा पुनले अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए ।

“अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,” उनले भने, “उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।”

उनले अगामी विशेष महाधिवेशनमार्फत नेतृत्व चुन्नुपर्ने संकेत गरेका हुन् । 

केन्द्रीय समिति बैठकमा नेतृत्वप्रति असन्तुष्टि सुनिएको छ । बैठकमा समापन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सिंगो पार्टी एकताबद्ध भएको नेताहरूको दाबी गरे । अध्यक्ष प्रचण्डले कोही पनि विधिबाहिर नजाने प्रतिबद्धता जनाए ।

“हामी एक ढिक्का भएका छौँ । हामी कुनै पनि खालको विधि पद्धतिभन्दा बाहिर जाने छैनौँ । पार्टीको मुख्य नेतृत्वको वरिपरि गोलबद्ध भएर जनतासँग सम्बन्ध कायम गर्छौं,” उनले भने । 

केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रचण्डले नेतृत्व तोक्ने नभएर प्रतिस्पर्धा गरेर आउनुपर्ने बताउँछन् । अहिले पार्टीमा अध्यक्षसँग प्रतिस्पर्धा गर्ने नेता नै नभएको उनको जिकिर छ । 

“अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व तोकिदिने होइन । अर्को नेतृत्व प्रचण्डभन्दा योग्य, गतिशील जीवन्त, सक्रिय हुनुपर्‍यो । अहिले पनि उहाँ १६ वर्षे जवानसरह सक्रिय हुनुहुन्छ,” उनले भने, “त्यो सक्रियता, इमान्दारिता र विचारमा श्रेष्ठता जसले कायम गर्न सक्छ, उसले नै नेतृत्व पाउँछ । सर्वोच्च कमान्डर प्रचण्ड हुनुहुन्छ । प्रचण्डको प्रतिष्पर्धी पनि छैनन् । प्रतिष्पर्धी हुन लायक जुन दिन आउँछन् । प्रतिस्पर्धाबाट चुनिन्छन् ।”

Maobdai1691332055.jpg

उनले अहिले पार्टीमा समानान्तर नेता नचाहिएको समेत बताए । “अहिलेको केन्द्रीय समिति बैठकको सन्देश विचार नेतृत्वमा केन्द्रीकरण पनि हो । प्रचण्डकै वरिपरि गोलबद्ध हुने,” उनी भन्छन्, “प्रचण्डकै नेतृत्वमा समाजवादी क्रान्तिको आधार तय गर्ने । अहिले हामीलाई समानान्तर नेता चाहिएको छैन ।”

नेता प्रधान प्रतिस्पर्धामार्फत नेतृत्व निर्माण हुने बताउँछन् । “अध्यक्ष कमरेडको लिडरसिपसहितको युनिफाइड हो । विरोधीहरूले सबै अध्यक्ष नै हो भन्छन् । त्यो होइन । हाम्रो मुख्य अध्यक्ष हो । केन्द्रदेखि वडासम्मको सबै नेतृत्वलाई फल्न फुल्न दिने नै हो,” उनी भन्छन्, “हाम्रोमा प्रतिस्पर्धाबाटै नेतृत्व निर्माण हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu